site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘११ : ५५’ले प्रिमियरमा कस्तो पायो प्रतिक्रिया ?

काठमाडौं । चलचित्र ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को बुधबार रेडकार्पेट प्रिमियर शो गरिएको छ । प्रिमियरमा शोमा सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति थियो ।

प्रमियरमा पूर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशी, निर्देशक सवीर श्रेष्ठ, सुवर्ण थापा, सुवास कोइराला, अभिनेता आर्यन अधिकारी, गजित बिष्ट, जयकिशन बस्नेत, निर्देशक तथा हास्य कलाकार दीपक आचार्य (काकु), बबिन राई (गल्फने बाजे)लगायत कलाकार पुगेका थिए । 

Argakhachi Cement Island Ad

यही शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र हेरेर कलाकारले क्राइम थ्रिलर जनरामा उत्कृष्ट सिनेमा निर्माण भएको प्रतिक्रिया दिएका छन् । 

अभिनेत्री मलिना जोशीले नेपालमा क्राइम थ्रिलर जनारामा निर्माण भएको उत्कृष्ट सिनेमा ‘११ः५५’ रहेको बताइन् । सिनेमामा अभिनय गरेका सबै कलाकारले उत्कृष्ट काम गरेको उनले बताइन् । अभिनेत्री सृष्टि श्रेष्ठको अभिनय र पात्रले मन जितेको बताइन् । 

निर्देशक सुवर्ण थापाले पनि एउटा घरभित्र गजवले सिनेमा सक्काएको भन्दै डेब्यु निर्देशक पाण्डेको तारिफ गरेका थिए । नेपालमा थोरै मात्रै सस्पेन्स क्राइम थ्रिलर जनरामा सिनेमा बन्ने भएकाले पनि यस्ता सिनेमालाई प्रोत्साहन गर्नुपर्ने उनले बताए । 

निर्देशक तथा कलाकार दीपक आचार्यले सिनेमा उत्कृष्ट बनेको भन्दै पछिल्लो समय दर्शकको नजरमा परेका मुख्य अभिनेता महेश त्रिपाठीको कामले मन जितेको बताए । 

क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । चलचित्रमा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ ।

चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । सिनेमामा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारीलगायतको अभिनय रहेको छ । 

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्