
काठमाडौं । नेपाल मेडिकल काउन्सिल धुलिखेल अस्पतालका चार निलम्बित चिकित्सकविरुद्ध कानुनी कारबाहीमा जाने भएको छ । काउन्सिलले गरेको छानबिनका क्रममा ती चिकित्सक दोषी देखिएपछि कानुनी प्रक्रिया अघि बढाइने भएको हो ।
उजुरी परेका चारजना नै घटनामा आंशिक रूपमा दोषी देखिएका छन् । उनीहरूविरुद्ध थप प्रक्रिया अघि बढाउन लागिएको काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवले बाह्रखरीलाई जानकारी दिए ।
गएको फागुन ४ गते काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ मेडिकल साइन्सअन्तर्गतको मनोचिकित्सा विभागमा स्नातकोत्तर प्रथम वर्षमा अध्ययनरत एक आवासीय चिकित्सकले आत्महत्याको प्रयास गरेकी थिइन् । त्यस विषयमा पीडितलाई विभागभित्रकै सिनियरले दुर्व्यवहार गरेको आरोपमा काउन्सिलमा उजुरी परेको थियो ।
प्रारम्भिक अनुसन्धानका आधारमा काउन्सिलले अस्पतालका मनोचिकित्सा विभाग प्रमुख डा. अजय रिसाल, सोही विभागमा कार्यरत डा. दीपक कुँवर, डा. वर्षा श्रेष्ठ र डा. रीका रिजाललाई एक साताका निम्ति निलम्बन गरेको थियो ।
यो पनि पढ्नोस्–