देश

काठमाडौं । बाँकेमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८, पिपिरीका २५ वर्षीय निमबहादुर विक छन् ।
आठ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । आइतबार (चैत ३) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
शनिबार (चैत २) साँझ बालिकाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१ १६:२४
प्रतिक्रिया दिनुहोस्