site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेता र सार्वजनिक पदका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरौँ : बेदुराम भुसाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का राष्ट्रियसभा सांसद बेदुराम भुसालले राजनीतिक दलका नेता तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग गरेका छन् । 

सोमबार राष्ट्रियसभाको बैठकमा भुसालले मुलुकमा सुशासन कायम गर्न संविधान संशोधन गरेरै भए पनि शक्तिसम्पन्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताए । छानबिनबाट कसैले अवैध सम्पत्ति आर्जन गरेको भेटिए राष्ट्रियकरण गर्ने गरी अघि बढ्न जरुरी रहेको उनको भनाइ छ ।

Argakhachi Cement Island Ad

"भ्रष्टाचारको यति ठूलो आवाज उठेको छ भने सुशासनको मूल समस्या भ्रष्टाचार हो भने त्यसका निम्ति संविधान संशोधन गरेरै भए पनि एउटा उच्चस्तरको सर्वशत्तिसम्पन्न छानबिन आयोग बनाऔँ, जसले केवल राजनीतिकर्मीको मात्रै नभई मुलुकको सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन गरौँ । यदि छानबिन गर्दाखेरि यदि कसैले गैरकानुनी ढंगले कमाएको सम्पत्ति छ भने त्यसलाई राष्ट्रियकरण गरौँ," उनले भने ।

उनले संविधानमा रहेका समस्याको पहिचान गर्न संविधानको पुनरवलोकन गर्न जरुरी रहेको पनि बताए ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्