site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ५३ पुग्यो 

काठमाडौं । यमनका हुथी विद्रोहीहरूले अमेरिकी हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ५३ पुगेको बताएका छन् ।

विद्रोहीहरूको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा पाँच बालबालिका रहेको उल्लेख छ । शनिबार अमेरिकाले हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको बताएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाल सागरमा जहाजमा हुथी विद्रोहीहरूले गरेको आक्रमणलाई हुथी विद्रोहीहरूविरुद्ध कारबाही गर्नुको कारण भएको बताएका थिए ।

अमेरिकाका अनुसार मारिनेमा केही प्रमुख हुथी विद्रोहीहरू पनि छन् । 

यसैबीच, हुथी विद्रोही नेता अब्दुल मलिक अल–हुथीले भनेका छन् “जबसम्म यमनमा अमेरिकी आक्रमण जारी रहन्छ, हुथी विद्रोहीहरूले लाल सागरमा अमेरिकी जहाजहरूलाई लक्षित गरिरहनेछन् ।”

ट्रम्पले हुथी विद्रोहीहरूको डकैती, हिंसा र आतंकले अर्बौं डलरको क्षति पुर्‍याएको र मानिसको जीवनलाई जोखिममा पारेको बताएका छन् । बीबीसी

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ०८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro