site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
लाग्दै छ चन्द्रग्रहण, देखिँदैन नेपालबाट

काठमाडौं । चन्द्रग्रहण आज (मार्च १४) लाग्दै छ । त्यसक्रममा आकाशमा अनौठो दृश्य देखिनेछ । पृथ्वीको छायामा पर्दा चन्द्रमा रातोरातो देखिनेछ ।

चन्द्रग्रहण एक खगोलीय घटना हो । यसक्रममा सूर्य, पृथ्वी र चन्द्रमा एउटै सिधा रेखामा हुनेछ । अमेरिकाका दक्षिण र उत्तरी भूभागबाट चन्द्रग्रहण स्पष्ट रूपमा देखिनेछ । जापान, अस्ट्रेलिया र युरोप र उत्तरपश्चिम अफ्रिकाका केही भूभागबाट पनि आंशिक चन्द्रग्रहण देखिनेछ ।

नेपालबाट भने चन्द्रग्रहण नदेखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । “नेपालमा दिउँसोको समयमा हुने भएकाले चन्द्रग्रहण देखिँदैन,” उनले बाह्रखरीसित भने, “रातको समयमा हुने ठाउँबाट देखिन्छ ।”

यो चन्द्रग्रहण करिब तीन घण्टा ३९ मिनेटको हुने उनले बताए । नेपाली समयानुसार शुक्रबार (चैत १) बिहान १० बजेर ५४ मिनेटमा चन्द्रग्रहण सुरु हुनेछ । र, दिउँसो २ बजेर ३३ मिनेटमा सकिनेछ । त्यस अवधिमा करिब एक घण्टा पाँच मिनेट पूर्ण चन्द्रग्रहणको अवस्था रहने उनले जानकारी दिए ।

पूर्ण अर्थात् उक्त समयको खग्रास चन्द्रग्रहण अमेरिकाबाट देखिनेछ । “नेपाली समयानुसार मध्याह्न १२ बजेर ११ मिनेटदेखि दिउँसो १ बजेर १६ मिनेटसम्म खग्रास चन्द्रग्रहणको अवस्था रहनेछ,” भट्टराईले भने ।

अर्थात्, त्यति बेला चन्द्रमा पूर्णतया रातो देखिनेछ । त्यसबाहेकको चन्द्रग्रहणको समयमा खण्डग्रासको अवस्था रहनेछ । “त्यो भनेको विस्तारै ढाक्दै ढाक्दै जाने र खग्रासको अवस्थापछि फेरि कम हुँदै हुँदै सकिने हो,” उनले भने ।

उनका अनुसार, चन्द्रग्रहण नांगो आँखाले नै हेर्न सकिन्छ । कुनै असर हुँदैन । “चन्द्रग्रहण हेर्न सुरक्षित उपाय अपनाउनु पर्दैन,” उनले भने, “नांगो आँखाले नै हेर्न सकिन्छ ।”

नेपालबाट नदेखिए पनि अरू देशमा लागेको चन्द्रग्रहण भिडियो लाइभबाट हेर्न सकिने उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro