site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंसहित सात सहर अस्वस्थकर
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका सात सहर बिहीबार (आज) अस्वस्थकर बनेका छन् । वायु प्रदूषणको तह बढेसँगै सात सहर अस्वस्थकरको सूचीमा परेका हुन् ।

वातावरण विभागका अनुसार ललितपुरस्थित खुमलटार बिहीबार बिहान सर्वाधिक प्रदूषित बनेको छ । बिहीबार बिहान ११ बजे खुमलटारको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) १७२ रहेको वातावरण विभागको तथ्यांक छ ।

सोही समयमा देशका सात सहर अस्वस्थकर छन् । काठमाडौंको शंखपार्कको  एक्यूआई १७० र रत्नपार्कको १६३ पुगेको छ । ललितपुरको भैँसेपाटी र भक्तपुर सल्लाघारीको एक्यूआई क्रमशः १६६ र १६४ छ । 

उपत्यकाबाहिर धनकुटाको १५२ र चितवनको भरतपुरको एक्यूआई १५१ पुगेको छ । यीबाहेक अरू सहरमा एक्यूआई १५० भन्दा कम छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा अति अस्वस्थकर र त्योभन्दा माथि भएमा खतरनाक हुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  ११:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro