site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘राजागंज’ले पायो प्रदर्शनको अनुमति, ओलीको अभिव्यक्ति हटाइयो

काठमाडौं । चलचित्र केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड)ले चलचित्र ‘राजागंज’लाई प्रदर्शन अनुमति दिएको छ । बुधबार सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएको हो ।

यसअघि, बोर्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भाषणको अंश राखेपछि प्रदर्शनको अनुमति दिएको थिएन । तर, निर्माण पक्ष ओलीको अभिव्यक्ति हटाउन तयार भएपछि बोर्डले अनुमति दिएको स्रोतले जनाएको छ ।

चलचित्रमा ‘कुहिएको आँप’ शब्द प्रयोग भएपछि सेन्सरले आपत्ति जनाएको थियो । यो शब्द हटाउन सेन्सरले सुझाएपछि निर्माणपक्षले चलचित्रको मर्म नै मर्ने भन्दै नहटाउने अडान लिएको थियो । तर, सेन्सरले राख्ने भए प्रधानमन्त्रीको कार्यालयबाट अनुमतिसहितको पत्र लिएर आउन भनेको थियो ।

‘राजागंज’ नेपालमा चैत १ गतेबाट प्रदर्शनमा आउँदै छ । दीपक रौनियारको निर्देशन रहेको चलचित्र ‘राजागंज’ले २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेस आन्दोलनलाई केन्द्रमा राखेर कथा भन्नेछ । मधेस आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद र प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा यो सिनेमाले देखाउनेछ । 

चलचित्रमा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायतको अभिनय छ ।

चलचित्रको निर्माणमा आदि फिल्मसका तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मसका तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।

यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेस इन्टरटेनमेन्टले संयुक्तरूपमा रिलिज गर्ने भएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro