site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निजीकरण विधेयक प्रतिनिधिसभामा प्रस्तुत 

काठमाडौं । निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधिसभामा प्रस्तुत भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विधेयक प्रस्तुत गरेका हुन् ।
 
सांसदहरू प्रभु साह, मेटमणि चौधरी, प्रेम सुवाल, माधव सापकोटाले राखेको विरोधको सूचना अस्वीकृत भएपछि विधेयक प्रस्तुत भएको हो । 

सांसद साहले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्नुअघि नेकपा (माओवादी केन्द्र)का सांसद हितराज पाण्डेले गणपूरक संख्या यकिन गर्न आग्रह गरेका थिए ।
 
संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधिसभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्छ । प्रतिनिधिसभाको एक चौथाइ पुग्न ६९ संख्या हुनुपर्छ ।
 
त्यसपछि सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा राना मगरल गणपुर संख्या यकिन गर्न निर्देशन दिइन् । 

तीन मिनेटको घण्टी बजाएर गणपूरक संख्या यकिन गर्दा ९५ रहेको थियो । गणपूरक संख्या पुगेपछि साहको सूचना निर्णयार्थ प्रस्तुत भएको थियो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro