site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सक्षम नारी’ अभियान सुरु

काठमाडौं । भुक्तानी नेटवर्क फोनपेले ‘सक्षम नारी’ नामक नयाँ अभियान थालेको छ । राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, कुमारी बैंक, ईसेवा र एभरेस्ट बैंकसँगको साझेदारीमा अभियान सञ्चालन गरिएको हो ।

यो अभियानको मुख्य उद्देश्य डिजिटल वित्तीय सेवाका बारेमा महिलालाई जानकारी र सचेतना प्रदान गर्नु रहेको बताइएको छ । फोनपेले डिजिटल वित्तीय सेवामार्फत महिलालाई सशक्त पार्ने कार्यमा प्रतिबद्धता जनाएको छ ।

अभियानअन्तर्गत महिलालाई डिजिटल भुक्तानी र मोबाइल बैंकिङका विषयमा प्रशिक्षण र स्रोत उपलब्ध गराइनेछ । यो अभियान यही मार्च ३१ सम्म चल्नेछ ।

यो अभियानमा सहभागी हुन महिला प्रयोगकर्ताले फोनपेका पार्टनर बैंकको मोबाइल बैंकिङ एपद्वारा यसका कुनै पनि सेवा न्यूनतम तीनपटक प्रयोग गर्नुपर्ने हुन्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro