site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राइजिङ स्टारलाई मुख्यमन्त्री कोहलपुर गोल्डकप

काठमाडौं । बाँकेको कोहलपुरमा सञ्चालित तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राइजिङ स्टार फुटबल क्लबले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा राइजिङ स्टारले आयोजक कोहलपुर रेसिङ साहारा क्लबलाई २–० ले हराउँदै उपाधि जितेको हो । कोहलपुर–२ स्थित तेह्र विगाह खेल मैदानमा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा लगातार दुई गोल गर्दै पाहुना टोलीले पहिलोपटक उपाधि जितेको हो ।

दोस्रो हाफको पहिलो मिनेटमै राइजिङका कप्तान विनोद केवटले गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । लगत्तै दुई मिनेटको अन्तरमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले राइजिङको उपाधि पक्का गरेका थिए । राइजिङका कप्तान विनोद केवटनै खेलको म्यान अफ द म्याच घोषित भए ।

उपाधिसहित राइजिङले ट्रफी, नगद आठ लाख रुपैयाँ प्राप्त गरेको छ । विजेता टोलीलाई कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले पुरस्कार प्रदान गरेका थिए । उपविजेता बनेको कोहलपुर रेसिङ साहारा क्लबले भने चार लाख रूपैयाँ प्राप्त गरेको छ ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीको अवार्ड आयोजक रेसिङ साहारा क्लबका विनोद केसीले जिते । उनले ट्रफीसहित ५१ हजार प्राप्त गरे । राइजिङ स्टारका चेतन थारू वेष्ट डिफेन्डर, प्रतिक सुनार उत्कृष्ट गोलकिपर, सन्दीप केसी उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारे ।

विधागततर्फ उत्कृष्ट बनेका उनीहरूले नगद १० हजार रुपैयाँ प्राप्त गरे । राइजिङ स्टारका विनोद केवट र काँक्रेविहार फुटबल क्लबका धनसिंह विक सर्वाधिक गोलकर्ता हुँदै नगद पाँच–पाँच हजार प्राप्त गरे ।

कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा फागुन १७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा घाना र भारतीय क्लबसहित आठ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक कर्ण बस्नेतले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro