site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भक्तपुर ‘सर्वाधिक’ प्रदूषित, आठ सहर ‘अस्वस्थकर’
फाइल तस्बिर ।

काठमाडौं । भक्तपुर आइतबार (फागुन २५) बिहान ‘सर्वाधिक’ प्रदूषित बनेको छ । आइतबार बिहान ११ः३० बजे भक्तपुरको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) १७० रहेको वातावरण विभागको तथ्यांक छ ।

सोही समयमा देशका आठ सहर ‘अस्वस्थकर’ छन् । काठमाडौंका शंखपार्क र रत्नपार्कको एक्यूआई क्रमशः १६७ र १६२ छ ।

ललितपुरका भैँसेपाटी र खुमलटार, चितवनको भरतपुर, काभ्रेको धुलिखेल र दाङको देउखुरीको एक्यूआई पनि १५१ देखि १६० सम्म छ । यीबाहेक अरू सहरमा एक्यूआई १५० भन्दा कम छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ तथा बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro