site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुलमानको स्पष्टीकरणको जवाफ आएपछि पदबाट हटाउने/नहटाउने निर्णय हुन्छ : मन्त्री खड्का

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले कुलमान घिसिङको स्पष्टीकरणको जवाफ आएपछि पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय हुने बताएका छन् ।

शुक्रबार संसद् भवनमा कुलमानलाई हटाउने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले स्पष्टीकरणको जवाफ आएपछि निर्णय लिने जवाफ दिए । उनले नेपालमा भारतबाट बिजुली आयात गरिएका कारण लोडसेडिङ हट्न सफल भएको जिकिर गरे ।

भारतलाई समेत बिजुली आवश्यक भइरहेको अवस्थालाई नेपाललाई विद्युत् दिएर ठूलो सहयोग गरेको उनले बताए । प्राधिकरणका नाफाको विषय छानबिन भएपछि थाहा हुने उनको भनाइ छ ।

कुलमानको विषय व्यक्तिगत नभएर सरकारको विषय भएको भन्दै उनले कर्मचारीहरू अनुशासित हुनुपर्ने जिकिर गरे ।

 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro