site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
टिपरका लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न सांसद झाको माग
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले टिपरका लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसद झाले स्थानीय तहका जनप्रतिनिहरूको लगानी भएका टिपरहरूले कानुन नमान्ने गरेको जिकिर गरे ।

टिपरको व्यवस्था पनि राज्य संयन्त्र नै कमजोर रहेको उनको भनाइ छ ।  सांसद झाले सीतापाइला र धार्केमा टिपर हिँड्न अनुमति नदिएको भए पनि जबरजस्ती हिँडिरहेको बताए ।

"टिपरमा धेरै स्थानीय तहका प्रतिनिधिहरूको लगानी छ, उनीहरूले कानुन मान्दैनन् । टिपरलाई फरक लाइसेन्सको व्यवस्था गरियोस् भनेर टेक्निकल एडभाइस पनि आएको छ," उनले भने ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro