site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
डा. सिंहले किन मागे स्वास्थ्यमन्त्री पौडेलको राजीनामा ?

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा माग गरेका छन् । 

बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले स्वास्थ्य मन्त्रालयको सचिवमा बढुवा गर्दा वरिष्ठता ख्याल नगरिएको भन्दै उनले स्वास्थ्यमन्त्री पौडेलको राजीनामा माग गरेका हुन् । 

सरकारले स्वास्थ्य मन्त्रालयको सचिव नियुक्त गर्दा संविधान च्यात्ने काम गरेको भन्दै उनले आक्रोश व्यक्त गरे । संगीता मिश्रसँग केही चिनजान नरहकाले मधेसी भएकै कारण वरिष्ठ भएर पनि उनलाई बढुवा नगरेको सिंहले आरोप लगाए । 

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

सिफारिस समितिले सचिवका लागि डा. देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औँ तहमा कायैरत डा. संगीता मिश्र र डा. टंक बाराकोटीको नाम समेत सिफारिस गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro