site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुरागाईंलाई महानगरमा फर्काउन संघीय मन्त्रालयको पत्र 
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई काम गर्ने वातावरण मिलाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाएको छ । 

मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार यसअघि गुरागाईंले महानगरमा काम गर्ने वातावरण नपाएको भन्दै मन्त्रालयलाई पत्र बुझाएका थिए ।

“गुरागाईंलाई काम गर्ने वातावरण मिलाइदिन भनेर मन्त्रालयले पत्र पठाएको छ,” पराजुलीले बाह्रखरीसित भने । 

करिब दुई महिनादेखि महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।

१२ तले काठमाडौं टावरको १९ तला थप गराएको सम्झौतामा हस्ताक्षर गरेको आरोपमा गुरागाईंलाई काठमाडौं महानगरका मेयर बालेन शाहले अघोषित निलम्बनमा गरेका थिए ।
 
पुस ८ देखि १७ गतेसम्म बिदामा रहेका गुरागाईंको कार्यकक्षमा बालेनको सचिवालयले ताला लगाएको थियो ।

476485715_1835730177336159_313185186212136297_n-1741251899.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro