site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘लागुऔषध कारोबारी’लाई समाउन धरानमा हवाईफायर

विराटनगर । सुनसरीको धरानमा हवाईफायर गरी ‘लागुऔषध कारोबारी’लाई नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय धरानको टोलीले गए राति हवाईफायर गरी ‘कारोबारी’लाई नियन्त्रणमा लिएको हो । त्यसक्रममा २३० केजी गाँजा बरामद गरिएको इप्रका धरानले जनाएको छ ।

राति करिब साढे १२ बजे धरान उपमहानगरपालिका–२०, चिमफुले खोलाबाट गाँजा बरामद गरिएको हो । लागुऔषध ओसारपोसार भइरहेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो ।

प्रहरीका अनुसार, गाँजा बोकेर आएका केही भरियालाई रोकेर चेकजाँच गर्न खोजिएको थियो । त्यसक्रममा भारी छाडेर उनीहरू जंगलतर्फ भागेका थिए । उनीहरूलाई नियन्त्रणमा लिन तीन राउन्ड हवाईफायर गरिएको प्रहरीले जनाएको छ ।

त्यहाँबाट एकजनालाई पक्राउ गरिएको छ । धनकुटाको साँगुरीगढी नगरपालिका–९ का ४३ वर्षीय हरिकुमार राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ११:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro