site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रंगशालामा मान्छे कुटिएको विषयमा सांसद शाही : वाह ! यो तम्रो कस्तो लोकतन्त्र ? 

काठमाडौं । केपी ओली कपको फाइनल खेल हेर्ने क्रममा एक दर्शकले प्रधानमन्त्रीको विरोध गर्दा कुटिएको विषयमा सांसद ज्ञानबहादुर शाहीले संसद्‍मा प्रश्न उठाएका छन् । बुधबारको संसद् बैठकको आकस्मिक समयमा शाहीले प्रधानमन्त्रीको पार्टीको बिल्ला भिरेपछि मान्छे कुट्न पाइने हो ? भन्दै प्रश्न उठाएका हुन् । 

उनले पार्टीको बिल्ला भिरेपछि मान्छे कुट्न पाइने हो भने आफूहरू पनि तयार हुने चेतावनी दिएका छन् । “रंगशालामा यही फागुन १९ गते प्रधानमन्त्रीको नाममा खेलकुद आयोजना गर्ने, दर्शकदीर्घामा बसेका मान्छेले बोल्यो भन्दै प्रधानमन्त्रीकै पार्टीका बिल्लाधारी गुन्डाहरूले मान्छे कुट्ने, प्रहरी पीडितलाई जोगाउनेभन्दा कुट्न सघाउने,” शाहीले भने, “वाह, वाह ! गृहमन्त्रीज्यू, वाह, वाह ! प्रधानमन्त्रीज्यू, यो तम्रो कस्तो लोकतन्त्र, कस्तो प्रजातन्त्र ?” 

उनले पार्टीका कार्यकर्ताले मान्छे पिट्ने र प्रहरी नचाहिने भए सार्वजनिक घोषणा गर्न चुनौती दिए । “खुल्लमखुल्ला भन्नुस् हामी पार्टीका बिल्लाधारीले मान्छे कुट्ने हो ? पुलिस चाहिँदैन ? हामी पनि तयार भएर बस्छौँ,” शाहीले प्रश्न गरे, “तर विधिको शासन खोइ ? आज बीपीको सपना खोइ, मदन भण्डारीकाे सपना खोइ ?” 

शाहीले मान्छे कुट्नेलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरे । कानुनी दायरामा नल्याइए सदन र सडकमा आन्दोलन हुने उनको चेतावनी थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro