site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई पटकका विश्वकप विजेता स्मिथले एकदिवसीय क्रिकेटबाट लिए सन्न्यास

काठमाडौं । दुई पटकका विश्वकप विजेता अस्ट्रेलियन ब्याटर स्टिभ स्मिथले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । आईसीसी च्याम्पियन्स ट्रफी–२०२५ को सेमिफाइनलमा भारतसँग चार विकेटले पराजित भएर प्रतियोगिताबाट बाहिरिएसँगै स्मिथले सन्न्यासको घोषणा गरेका हुन् ।

“सन् २०२७ को विश्वकपका निम्ति तयारी सुरु गर्ने बेला भइसकेको छ । त्यसैकारण यो निर्णयका निम्ति अहिले सही समय भएको महसुस गरेको छु,” सन्न्यासको घोषणा गर्दै स्मिथले भने, “यसक्रममा धेरै उत्कृष्ट पल र याद बनेका छन् । आफ्ना उत्कृष्ट सहकर्मीसँग दुईपटक विश्वकपको उपाधि जित्नु प्रमुख उपलब्धि रह्यो ।”

स्मिथले आफू टेस्ट र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने कायमै रहने बताए । अस्ट्रेलियाबाट १७० एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्दा उनले कुल १५४ इनिङ खेलेका छन् ।

यसक्रममा उनले १२ शतक र ३५ अर्धशतकसहित कुल पाँच हजार ८०० रन बनाएका छन् । अस्ट्रेलियाले सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप जित्दा स्मिथ टिमका महत्त्वपूर्ण सदस्य थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro