site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘जनै हराएको बाहुन’मा केकी र मिरुनाको प्रवेश 

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’मा केकी अधिकारी र मिरुना मगर अनुबन्धित भएका छन् । विजय बराल यसअघि नै अनुबन्ध भइसकेको चलचित्रमा केकी र मिरुनाको प्रवेश भएको हो । 

‘जनै हराएको बाहुन’ आगामी वर्षको हरितालिका तिज अर्थात् भदौ १० गते रिलिज हुँदै छ । 

चलचित्रको थिम मोसन पोस्टरमार्फत सार्वजनिक भइसकेको छ । ‘जनै हराएको बाहुन’ले आमा र छोराबीचको ‘इमोस्नल’ कथा भन्नेछ । 

‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । उनको यो डेव्यु निर्देशन छन् । यो चलचित्रको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । 

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको नयाँ कथा र आकर्षक सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले जीवनमा ल्याएको परिवर्तनको कथालाई देखाउनेछ ।

चलचित्रमा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भीएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला छन् ।

यो वर्षको अन्त्यसम्ममा चलचित्र छायांकनमा जाने निर्माणपक्षको प्रेस नोटमा उल्लेख छ । २०८२ सालमा दर्शकमाझ आउने चलचित्रको केही कलाकारका लागि अडिसन आह्वान गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro