खेल
काठमाडौं । केपी ओली कपको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध मछिन्द्र क्लबले पहिलो हाफमा १–० को अग्रता बनाएको छ ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा मछिन्द्रका सनिस श्रेष्ठको प्रहार गोलमा परिणत भएको हो । २९औँ मिनेटमा पेनाल्टी क्षेत्रबाहिर राइट साइडबाट सनिसले गरेको प्रहार आर्मीका रक्षक विमल पाण्डेबाट डिफ्लेक्ट हुँदै गोल भएको थियो ।
त्यसबाहेक, पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१ १९:०८
प्रतिक्रिया दिनुहोस्