site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरा सर्वाधिक प्रदूषित, भैँसेपाटी अस्वस्थकर
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । पोखराको वायु सोमबार बिहान सर्वाधिक प्रदूषित छ । वातावरण विभागका अनुसार, सोमबार बिहान ११:३० बजे पोखराको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १९४ पुगेको छ ।

पोखराको वायुमा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा ८९.५ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ ।  

यस्तै, ललितपुरको भैँसेपाटीमा पनि सोमबार वायुको गुणस्तर खराब भएको छ । सोही सयममा भैँसेपाटीको एक्यूआई १५३ छ । यो सूचकांक आइतबार बिहान ११:३० बजे १२६ मा झरेको थियो ।

एक्यूआई बढेसँगै स्वास्थ्यका दृष्टिकोणले यी दुवै सहर अस्वस्थकर सूचीमा परेका  छन् ।  यीबाहेक अन्य सहरको एक्यूआई १५० भन्दा कम छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को वायु गुणस्तर मापदण्डानुसार, एक्यूआई ५० सम्मको वायु स्वस्थकर हुन्छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ तथा बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro