काठमाडौं । अमेरिकाको लस एन्जलसमा भीषण आगलागी भएको केही समयपछि ओस्कार अवार्ड वितरण भएको छ ।
लस एन्जलसमा लागेको डढेलोका कारण त्यस क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । यसलाई नियन्त्रणमा लिन धेरै दिन लागेको थियो ।
ओस्कारको दौडान लस एन्जलसका अग्निनियन्त्रकहरूलाई पनि मञ्चमा बोलाइएको थियो । र, उनीहरूलाई उभिएर स्वागत गर्दै धन्यवाद दिइएको छ ।
समारोहमा पूर्वओस्कर विजेता तथा चर्चित अभिनेता जीन हैकमैनलाई पनि स्मरण गरिएको थियो । यो अवार्ड समारोहको केही दिनअघि मात्रै जीनको निधनको खबर आएको थियो ।
‘द ब्रुटलिस्ट’ले यस वर्षको ओस्कारमा उत्कृष्ट सिनेम्याटोग्राफीको अवार्ड जितेको छ ।
यो पुरस्कार बेलायतका लाल क्राउलीलाई प्रदान गरिएको छ ।
ब्राजिलको चलचित्र ‘आई एम स्टिल हियर’ले बेस्ट इन्टरनेसनल फिचरको अवार्ड जितेको छ ।
यो चलचित्र ब्राजिलका राजनीतिज्ञ रूबेन्स पइवाको वास्तविकतामा आधारित छ ।
‘नो अदर ल्यान्ड’ले ९७ औं एकेडेमी अवार्डमा उत्कृष्ट वृत्तचित्रको अवार्ड जितेको छ ।