site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बानेश्वरमा गुठीपीडित र प्रहरीबीच झडप : डीएसपी घाइते
डीएसपीको दर्ज्यानी चिह्न ।

काठमाडौं । स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिमा आबद्ध व्यक्तिहरू र प्रहरीबीच झडप भएको छ । आइतबार (फागुन १८) काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रिएका किसान र प्रहरीबीच झडप भएको हो ।

झडपमा परी प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । उपचारका निम्ति उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन लाठीचार्ज गरेको छ । उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ ।

केही प्रदर्शनकारी र अरू प्रहरी समेत घाइते भएका छन् । यति बेला भने स्थिति सामान्य बनेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro