site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बुदोकैदो फुल कन्ट्याक्ट कराँते : सुदूरपश्चिम च्याम्पियन

काठमाडौं । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित गौशाला नगरपालिकाको कभर्डहलमा सम्पन्न १८औँ राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिप प्रतियोगितामा सुदूरपश्चिम प्रदेश च्याम्पियन बनेको छ ।

सुदूरपश्चिम प्रदेशले ७ स्वर्ण, ६ रजत र ८ कास्य पदकसहित कुल २२ पदक जित्दै च्याम्पियनको उपाधि हासिल गरेको हो । पुरुषतर्फ बासुदेव खडायत, खगेन्द्र विष्ट, किरण भण्डारी तथा महिलातर्फ रमिता चन्द, बागमती विष्ट, कुष्मा सार्की, र गरिमा पार्की ले स्वर्ण पदक जितेका थिए ।

यसैगरी, वाग्मती प्रदेश ५ स्वर्ण पदकसहित दोस्रो स्थानमा रह्यो। वाग्मती प्रदेशका लागि सुजल महर्जन, श्रीश भुजु, राम शाही, शशिप्रसाद विक, र बबिता कार्कीले स्वर्ण पदक जितेका थिए । तेस्रो स्थानमा रहेको मधेस प्रदेश ले २ स्वर्ण पदक जित्यो। मधेसका लागि ब्रह्मादेव महतो र कृष्टिना ब्रह्माले स्वर्ण जितेका थिए ।

प्रतियोगितामा सातै प्रदेशबाट ३०० खेलाडीको सहभागिता रहेको थियो। नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराँते संघको आयोजनामा प्रतियोगिता महोत्तरीको गौशाला कभर्डहलमा दुई दिनसम्म सञ्चालन भएको थियो ।

समापन समारोहमा मधेस प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले मधेसमा राष्ट्रिय कराँते प्रतियोगिता आयोजना गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले नेपालको मौलिक कराँतेको विकास र प्रवर्द्धनमा मधेस प्रदेशले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रतियोगिताका विजेता खेलाडीहरूलाई मन्त्री जयसवाल र गौशाला नगरपालिकाका नगरप्रमुख डा. दीपेन्द्र महतोले नगद पुरस्कार, पदक, र ट्रफी प्रदान गरे ।

नगरप्रमुख डा. महतोले प्रतियोगिताले स्थानीय युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्ने र उनीहरूको प्रतिभा विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

उनले खेलकुद राष्ट्रिय एकताको माध्यम मात्र नभई, मधेसका युवाहरूमा लागुऔषधको बढ्दो प्रयोग नियन्त्रण गर्न तथा स्वास्थ्यप्रति सचेतना जगाउन पनि मद्दत पुग्ने उल्लेख गरे ।

नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराँते संघका अध्यक्ष वीरकृष्ण महर्जन ले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे । 

प्रतियोगिताको आयोजक बुदोकैदो संघका केन्द्रीय अध्यक्ष महर्जनले भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा नेपाली कराँते खेलाडीलाई स्थापित गराउन यो प्रतियोगिताले भूमिका खेल्नेसमेत बताए।

त्यस्तै, बाग्मती बुदोकैदो संघका प्रमुख प्रेम शाहले प्रतियोगिताले नेपालमा कराँते खेलको प्रचार–प्रसार तथा युवा प्रतिभाहरूको पहिचान गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 

साथै, उनले प्रदेश सरकार, स्थानीय पालिका, प्रशासन र समुदायको सहयोग खेलकुदको विकासमा आवश्यक रहेको उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  ०९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro