
काठमाडौं । यामाहा नेपालले नाडा अटो शो २०२५ मा आफ्ना प्रमुख मोटरसाइकल मोडेलका नयाँ भेरियन्ट सार्वजनिक गरेको छ ।
भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको प्रदर्शनीमा यामाहा स्टलमा एमटी–१५ भी–२ का दुई नयाँ भेरियन्ट ‘आइस स्टर्म’ र ‘भिभिड भायोलेट मेटालिक’ सार्वजनिक गरिएको हो । यी नयाँ भेरियन्टहरूले पहिले नै चर्चित स्ट्रीटफाइटर मोडेलमा थप आकर्षक र स्टाइलिस छ ।
यससँगै, यामाहाले आफ्नो लोकप्रिय एफजेड–एस भी३ डिलक्स मोडललाई समेत नयाँ रङ ‘आइस फ्लुओ–भर्मिलियन’मा सार्वजनिक गरेको छ । यो भेरियन्टले प्रसिद्ध एफजेड सिरिजलाई अझ बोल्ड र आधुनिक बनाएको यामाहाको दाबी छ ।
उद्घाटन समारोहमा एमएडब्लू राइड्स प्रा. लि. का अध्यक्ष विष्णुकुमार अग्रवाल र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरी उपस्थित थिए । अग्रवालले नयाँ भेरियन्टबारे आफ्नो उत्साह व्यक्त गर्दै भने, “एमटी–१५ भी२ र एफजेड–एस भी३ डिलक्सका यी नयाँ विकल्पले यामाहाको शैली, प्रदर्शन र स्वतन्त्रताको भावना अझ मजबुत बनाएका छन् ।”
यामाहा ब्लू च्याम्बरमा आउने आगन्तुकले नयाँ भेरियन्ट प्रत्यक्ष अवलोकन गर्नुका साथै सम्पूर्ण यामाहा मोटरसाइकल र स्कुटर सिरिज पनि अन्वेषण गर्न सक्नेछन् ।
साथै, नाडा अटो शो अफरहरूअन्तर्गत छानिएका मोडेलमा अधिकतम सात हजारसम्म छुट, मोटो जीपी रेस प्रत्यक्ष अनुभव गर्ने अवसर, एमटी सिरिज मोटरसाइकल बुकिङ गर्दा प्रिमियम एमटी राइडिङ ज्याकेट पाउने व्यवस्था गरिएको छ ।
नाडा अटो शो ०८२ भदौ ३ देखि ८ गतेसम्म सञ्चालन हुनेछ । यस अवधिमा यामाहाले सबै मोटरसाइकल प्रेमीलाई नयाँ मोडेल एमटी–१५ भी–२ (आइस स्टर्म र भिभिड भायोलेट मेटालिक) तथा एफजेड–एस भी३ डिलक्स (आइस फ्लुओ–भर्मिलियन) प्रत्यक्ष अवलोकन गर्न आग्रह गरेको छ ।
यामाहा नेपाल, एमएडब्लू राइड्सअन्तर्गत, अत्याधुनिक प्रविधि, भरपर्दो बिक्रीपश्चात सेवा र देशव्यापी नेटवर्कमार्फत नेपाली दुईपांग्रे बजारमा अग्रणी रहँदै आएको छ ।