site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राष्ट्र निर्माणको महाअभियानमा जुट्न राष्ट्रपति पौडेलको अपिल 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल गरेका छन् । देश र जनताका निम्ति ‘हामी’ले अझै थुप्रै गर्न बाँकी रहेको उनले बताए ।

कास्कीमा सराङकोट धामको उद्घाटनका क्रममा शनिबार (फागुन १७) उनले जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको उल्लेख गरे । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पनि मुलुकको आर्थिक विकास भएको उनले बताए ।

राष्ट्रपति पौडेलले युवा जनशक्तिको पलायन मुलुकका निम्ति ठूलो चिन्ताको विषय भएको भन्दै यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध सबैलाई गम्भीर बन्न आग्रह गरे । “युवा जनशक्तिको पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय हो,” उनले भने, “यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध हरेक पक्ष गम्भीर बनून् भन्ने मेरो आग्रह छ ।”

कृषि, जलस्रोत, पर्यटन, उद्योगधन्दाको विकास र उत्पादन बढाएर स्वदेशी अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने उनले धारणा व्यक्त गरे ।

स्वदेशमै रोजगारी र आम्दानीको अवसर सिर्जना गरी विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता भएकामा उनले जोड दिए । “यो पवित्रस्थलबाट म आज अपिल गर्न चाहन्छु कि सबै नीति निर्माण तहमा रहेका हामी सबैको ध्यान यसको समाधानतर्फ केन्द्रित होस्,” उनले भने ।

उनले पोखरा र यो क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र  सभ्यतालाई नेपाल र विश्वपर्यटन बजारमा प्रवद्र्धन गरी आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिने प्रचुर सम्भावना आफूले देखिरहेको बताए ।

उनले भने, “पोखरालाई अझै आधुनिक, विकसित र सुविधासम्पन्न बनाउँदै लैजान नीति निर्माता, तीनै तहका सरकार, पर्यटन उद्यमी, व्यवसायी र यहाँका बासिन्दा दत्तचित्त भएर लाग्नुपर्दछ भन्ने मलाई लाग्दछ ।”

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro