site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पशुपतिमा आइपुगे ३५ सय साधुसन्त, मासु–मदिरा–गाँजा–भाङ–चरेस बिक्रीवितरणमा प्रतिबन्ध
फाइल तस्बिर ।

काठमाडौं । महाशिवरात्रिको अवसरमा करिब तीन हजार ५०० जना साधुसन्त पशुपतिनाथमा आइपुगेका छन् । भारतको प्रयागराज महाकुम्भ स्नानपछि उनीहरू महाशिवरात्रिको अवसरमा पशुपति आइपुगेका हुन् ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार अहिलेसम्म करिब तीन हजार ५०० जना साधुसन्त आइपुगेका छन् ।

महाशिवरात्रिमा दर्शनार्थीको सुरक्षार्थ तीन हजार ५११ जना प्रहरी परिचालन गरिनेछ । दर्शनका लागि पशुपतिका चारवटै ढोका बिहान साढे २ बजेदेखि नै खुला गरिनेछ ।

नेपाल मात्रै नभएर विश्वभरकै सनातनी हिन्दुहरूले महाशिवरात्रि पर्वलाई विशेष महत्त्वका साथ हेर्ने गर्दछन्, र पशुपतिनाथको दर्शन गर्न आउँछन् ।

पशुपति क्षेत्र विकास कोषले करिब डेढ करोड रुपैयाँ खर्च गरेर महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा गरेको छ । कोषले शिवरात्रिमा मासु, मदिरा, गाँजा, भाङ, चरेस आदिको भण्डारण बिक्रीवितरण तथा ओसारपसारमा प्रतिबन्ध लगाएको छ ।

करिब १० लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने कोषको अनुमान छ ।

महाशिवरात्रि पर्व फागुन कृष्ण त्रयाेदशी दिन मनाइन्छ । महाशिवरात्रिका दिन हिन्दुहरू नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई पूजा–आराधना गर्छन् ।

शिव भगवान् उत्पत्ति भएको रातका रूपमा महाशिवरात्रि पर्वलाई लिइन्छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा महाशिवरात्रिलाई लिइन्छ ।

यस पर्वलाई दीनदुखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । महाशिवरात्रिका दिन व्रत बस्ने, दूध, धतुरो र बेलपत्र शिव भगवानलाई चढाउने गरिन्छ ।

महादेवलाई जाडो हुने जनविश्वासले मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई रातभर जाग्राम बस्ने प्रचलन रहेको छ । यसो गर्दा यमलोक जान नपर्ने विश्वास रही आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro