site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्रीस पठाइदिने भन्दै २४ लाख ठगी
प्रतीकात्मक तस्बिर ।

काठमाडों । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा आइतबार (फागुन ११) प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको सिम्ता गाउँपालिका–४ का ३७ वर्षीय इन्द्रबहादुर केसी र बाराको करैयामाई गाउँपालिका–१ का ४६ वर्षीय बिशुनदयाल चौधरी छन् ।

इन्द्रले ग्रीस पठाइदिने भन्दै तीनजनाबाट २४ लाख रुपैयाँ ठगी गरेको आरोप छ । उनी ललितपुर महानगरपालिका–२९ मा बस्दै आएका थिए ।

बिशुनदयालले स्वीडेन पठाइदिने भन्दै एकजनाबाट चार लाख ४० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । उनी काठमाडौं महानगरपालिका–१६ मा बस्दै आएका थिए ।

पीडितको उजुरीको आधारमा उपत्यकाका छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी गराएको छ ।

आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनीहरूलाई वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro