site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पोप फ्रान्सिसको अवस्था गम्भीर

काठमाडौं । पोप फ्रान्सिसको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । भ्याटिकन सिटीले आइतबार एक विज्ञप्ति जारी गर्दै पोपलाई अझै अक्सिजन थेरापी दिइरहेको जनाएको छ ।

भ्याटिकनको विज्ञप्तिअनुसार, रगत परीक्षणमा पोपमा प्रारम्भिक र हल्का मुटुको समस्या पनि देखिएको छ । मिर्गौलासम्बन्धी समस्या समेत देखिएको छ ।

Dabur Nepal
NIC Asia

उनको रगतमा प्लेटलेट्सको मात्रा उल्लेख्य रूपमा कम भएको देखिएको भ्याटिकनले जनाएको छ ।

यसअघि, आइतबार बिहान पोपले एक विज्ञप्ति जारी गर्दै क्याथोलिक इसाईहरूलाई परम्परागत प्रार्थना गर्न आग्रह गरेका थिए । किनभने, उनी आफैँ प्रार्थना गर्न असमर्थ थिए ।

धेरै दिनदेखि श्वासप्रश्वासमा समस्या भएपछि पोपलाई फेब्रुअरी १४ मा रोमको जेमेली अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा पहिला उनको ब्रोन्काइटिसको उपचार गरिएको थियो । पछि उनी निमोनियाबाट पीडित भएको पाइयो ।

अर्जेन्टिनाका पोप फ्रान्सिस रोमन क्याथोलिक चर्चको नेतृत्व गर्ने पहिलो ल्याटिन अमेरिकी र पहिलो जेसुइट हुन् । बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro