site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिरहामा सवारी दुर्घटना, दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाका मिर्चैया र धनगढीमाईमा आइतबार (फागुन ११) सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  

मिर्चैया नगरपालिका–७ मा ट्रकमा पिकअप भ्यान ठोक्किँदा त्यसका सहचालक सिन्धुलीको दुधौली नगरपालिका—१४ का २७ वर्षीय मिलन सुनारको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पिकअप भ्यानका चालक दुधौली नगरपालिका—१४ का सागर सुनारको अवस्था गम्भीर छ ।

यस्तै, धनगढीमाई नगरपालिका–१०, कसहाबाट लहानतर्फ जाँदै गरेको टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलका चालक मिर्चैया–५ का ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro