site stats
बाह्रखरी :: Baahrakhari
देश
पूर्वपत्नीको जाहेरीपछि इन्स्पेक्टर गुरुङ थुनामा

काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिनेश गुरुङलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले थुनामा राखेको छ । गुरुङकी पूर्वपत्नीको जाहेरीका आधारमा उनी थुनामा परेका हुन् ।

इन्स्पेक्टर गुरुङविरुद्ध जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएर पक्राउ पुर्जी आएपछि उनी थुनामा पुगेका हुन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत गुरुङलाई मंगलबार थुनामा राखिएको परिसरका एसपी चक्रराज जोशीले जानकारी दिए ।

थुनामा पर्नुअघि गुरुङले फेसबुक पेजमार्फत आफू पूर्वपत्नीबाट पीडित भएको उल्लेख गरेका छन् । उनले पूर्वपत्नीसँगै रहेकी छोरीलाई भेट्न जाँदा आफूमाथि अभद्र व्यवहार भएपछि प्रतिकार गरेको बताएका छन् ।

त्योबाहेक आफू कार्यरत गणमै आएर पूर्वपत्नीले डीएसपी र दुईजना इन्स्पेक्टरकै अगाडिसमेत हातपात गरेको उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १८:१६
प्रतिक्रिया दिनुहोस्