site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गीत गाउन नेपाल आउँदै गुलाम अली, टिकट शूल्क पाँच हजारदेखि दुई लाख
Tiktok banner adTiktok banner ad

काठमाडौं । पाकिस्तानी गजलगायक गुलाम अली गीत गाउन नेपालमा आउने भएका छन् । चैत २ गते ललितपुरको पुल्चोकस्थित प्लाजामा तीन घण्टा ‘गुलाम अली थ्री जेनेरेसन अन वन स्टेज’ कार्यक्रममा उनले गजल गाउनेछन् । 

आयोजक साधना कला केन्द्रका अनुसार सीमित टिकट मात्रै राखिएको छ । साधना कला केन्द्रका सञ्चालक मिलन मोक्तानका अनुसार फागुन २९ गते गुलाम अलीसहित ११ जनाको टिम नेपाल आइपुग्नेछ । उनले ‘गाजलु ती ठूला ठूला आँखा’लगायत चार नेपाली गीतसहित दर्जनौं हिन्दी गीत गाउनेछन् । 

आयोजक मोक्तानको टिमले पहिलोपटक गुलाम अलीको तीन पुस्तालाई एउटै मञ्चमा उर्तान लागेको बताए । गुलाम अलीसँगै उनका छोरा अमिर गुलाम अली र नाती नाजिर गुलाम अलीले पनि गीत गाउनेछन् । 

मिलन मोक्तानले गुलाम अलीको कार्यक्रममा टिकटबाट संकलित रकमको केही प्रतिशत रकम गायन र नृत्यमा बालबालिकालाई एक वर्षको छात्रवृत्ति समेत प्रदान गरिने बताए । 

कार्यक्रमको टिकट व्यवस्थापन इसेवाले गर्नेछ । टिकट मूल्य पाँच हजारदेखि दुई लाखसम्म राखिएको छ । बढीमा एक हजारवटा टिकट बिक्री गर्ने मिलनले जानकारी दिए ।

“टिकट पाँच हजारदेखि सुरु हुन्छ । पाँच हजार, दश हजार र १५ हजारको टिकट छ,” उनी बाह्रखरीसँग भन्छन्, “यसबाहेक एक लाख र दुई लाख रुपैयाँको टिकट पनि छ । दुई लाखको टिकटमा फ्रन्टमा ८ वटा सिटको टेबल छ । यो भीभीआईपीका लागि हो ।” 

एक लाखको टिकटमा टेबलसहित ६ वटा सिट रहेको उनले जानकारी दिए । फाइभस्टारको डिनर र वेलकम ड्रिंक्स पनि रहेको आयोजक मिलनको भनाइ छ । 

सोही कार्यक्रममा बरिष्ठ गीतकार तथा संगीतकार दीपक जंगमलाई विशेष सम्मान गरिनेछ । जंगमले गुलाम अलीका चार गीतमा शब्दरचना तथा संगीत दिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro