site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
११ अंकले बढ्यो नेप्से, साढे ११ अर्बको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार (फागुन ११) ११.६६ अंकले बढेको छ । नेप्से ०.४२ प्रतिशतले बढेर २७५५.४० को विन्दुमा पुगेको छ ।

यस दिन ११ अर्ब ५४ करोड ८३ लाख रुपैयाँमा दुई करोड १२ लाख ६ हजार पाँच कित्ता सेयर किनबेच भयो । कारोबारमा रहेका १३ मध्ये ६ समूहको समूहगत परिसूचक घट्यो । सात समूहको परिसूचक बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

९२ कम्पनीको सेयर मूल्य बढेको छ । १४७ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर छ ।

सबैभन्दा धेरै कमाउनेमा गार्जियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै उपकार लघुवित्तको सेयर मूल्य ६.७९ प्रतिशतले घटेको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro