site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद रेखा शर्माविरुद्धका कागजात आयोगमा बुझाउँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले लुम्बिनी प्रदेश सांसद रेखा शर्माविरुद्धका कागजात मानव अधिकार आयोगलाई बुझाउने भएको छ । आयोगले पत्रचार गरेको १० दिनपछि महानगरले कागजात आज बुझाउन लागेको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए ।

“मानव अधिकार आयोगले अनुसन्धानका लागि कागजात माग गरेको छ । महानगरपालिकाको टोली केहीबेरमा आयोगमा जाँदै छ,” उनले भने ।

आयोगले गत माघ ३० गते महानगरसँग प्रदेश सांससद शर्मासँग सम्बन्धित कागजात माग गरेको थियो ।

शर्मामाथि १४ वर्षीया एक बालिकालाई आठ वर्षदेखि घरेलु कामदार बनाएको आरोप छ । आफू श्रम शोषणमा परेको भन्दै बालिकाले गुनासो गरेपछि आफूहरूको टोलीले सांसद शर्माको बालुवाटरस्थित घरबाट उनलाई उद्धार गरेको दाबी महानगरको छ ।

बालिकामाथि श्रम शोषण तथा दुर्व्यवहार भएको दाबीसहित गत जेठ ३० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको थियो । अनुसन्धानका क्रममा परिवारलाई पढाइदिने आश्वासन दिएर काठमाडौं ल्याएर विद्यालयमा भर्ना गरेको तर घरेलु काममा लगाउने, पाइप तथा रडले कुटेर यातना दिने गरेको खुलेको जनाइएको छ ।

त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवालले गत माघ १ गते शर्माविरुद्ध दास बनाउन नहुने सम्बन्धी कसुरमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।

मुद्दा फिर्ता लिने निर्णयपछि मेयर बालेनले २९ माघमा सामाजिक सञ्जालबाट असन्तुष्टि जनाएका थिए । "सरी नानु, तिम्रा पिडकका विरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ," बालेनले भनेका थिए ।

शर्मा लुम्बिनी प्रदेशसभामा दाङबाट निर्वाचित सांसद हुन् । उनी एमालेबाट निर्वाचित भएकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १५:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro