site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री ओली संसद् विघटन गर्न उद्यत : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटन गर्न उद्यत भएको आरोप लगाएका छन् । 

आइतबार काठमाडौंमा प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै माओवादी प्रवक्ता समेत रहेका सापकोटाले अध्यादेशको बलमा शासन चलाउने कामले वर्तमान प्रधानमन्त्री संसद् विघटन गर्न उद्यत भएको आरोप लगाएका हुन् । 

उनले प्रधानमन्त्रीलाई संसद् विघटन गरेर निर्वाचनमा गए आफूले बहुमत ल्याउछु भन्ने लागेको तर्क गरे । सरकारकै कारण २३ दिनसम्म संसद् कामविहीन भएको उनले आरोप लगाए । सापकोटाले अध्यादेशबाट शासन चलाउने सरकारको जमर्को पूरै असफल भएको र सरकार अध्यादेशको पासोमा परेको धारणा राखे । 

उनले मुलुकलाई सुशासनतर्फ अघि बढाउनेलाई सरकारले लखेटिरहेको बताए । उपाध्यक्ष सापकोटाले संविधान संशोधनका नाममा कांग्रेसलाई समेत भ्रममा पारेर एमालेले आफ्नो नेतृत्वमा सरकार गठन गरेको तर्क गरे । 

वर्तमान सरकारबाट जनताको विश्वास पूर्ण रूपमा गुमिसकेको उनको भनाइ छ । सापकोटाले प्रतिगमनको खतराविरुद्ध खबरदारी गर्दै संविधानको रक्षा गर्न माओवादीले फागुन १२ गते झापाबाट जनतासँग माओवादी अभियान सुरु गर्न लागेको जानकारी दिए ।हिमालयन टेली भ्वाइस  

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro