site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली परिकार धेरै पौष्टिक : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन् । शनिबार स्वयम्भू महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालको विशेषता भनेकै स्थानीय खानेकुरा, संस्कृति, धर्म, कला भएको उनले उल्लेख गरे । उनले महोत्सवले नेपालको संस्कार, संस्कृति, धर्म, कला र परिकारको प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे ।

उनले युवापुस्तालाई स्थानीय परिकार, धर्म, संस्कृति र कलाको महत्त्व बुझाउन सके नेपालले धेरै प्रगति हासिल गर्ने बताए । “...हाम्रो स्थनीय परिकारहरूमा न्युट्रिसियन भ्याल्युहरू एकदमै धेरै हुन्छ । धेरै हुन्छ भन्ने कुरा हामीले प्रचार गरिरहेका हुँदैनौँ,” उनले भने, “हाम्रो स्थानीय उत्पादनहरूमा के कति पाइन्छ भन्ने कुरा विस्तारै नयाँ पुस्तालाई भन्दै गए हाम्रो खानेकुराप्रतिको आकर्षण अझै बढ्छ ।”

नेपाली परिकार धेरै नै पौष्टिक रहेको र हाल विदेशीले सिको गरेर खाने गरेको उनको भनाइ थियो । “हाम्रो खाना, हाम्रो खाजा यति सम्पूर्ण छ, अहिले विदेशीहरूले कुरा बुझ्दै हाम्रो खाने कुराहरू अपनाउन थालेका छन्,” उनले भने, “यसलाई प्रवर्द्धन गर्दै जानुपर्छ ।”

स्थानीय पहिचान र सम्भावना प्रवर्द्धनका निम्ति काठमाडौं महानगरपालिका–१५ को आयोजनामा एकहप्ते स्वयम्भू महोत्सव शनिबार (फागुन १०)देखि सुरु भएको हो । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  २०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro