site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रछ्यानमा मिल्काइएका तत्त्वहरू पुनरागमनको सपना देख्दै छन्  : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारप्रति जनताको आक्रोश बढ्दै गएको बताएका छन् । 

शनिबार काठमाडौंमा माओवादी केन्द्र केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरणको उद्घाटन गर्दै प्रचण्डले सरकारको काम दिन प्रतिदिन नराम्रो हुँदै गएको र जनतामा सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको बताएका हुन् । 

सरकारप्रतिको आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिले आ–आफ्नो हिसाबले प्रयोग गर्ने कोसिस पनि गरिरहेको उनले बताए । प्रचण्डले सरकारकै गलत काम–कारबाहीका कारण इतिहासमा एउटा रछ्यानमा मिल्काइएका तत्त्वहरूले पनि फेरि एकचोटि पुनरागमन हुने हो कि भन्ने दिवा सपनामा रहेको जिकिर गरे । 

प्रचण्डले देशको परिस्थितिलाई नयाँ मोड दिने उद्देश्यका साथ आफ्नो नेतृत्वको सरकारले महत्त्वपूर्ण रेकर्ड बनाएको अवस्थामा देशलाई भ्रष्टाचारमा फसाउँदै आएकाहरूको कारणले सरकारबाट बाहिर आउने अवस्था पैदा भएको जिकिर गरे । 

उनले १८ महिनाको सरकारको अनुभव र सरकारबाट बाहिरिँदै गर्दा जनतामा गरिएको अपिलले जनतामा सकारात्मक प्रभाव पर्दै गएको र माओवादीप्रति पुनः आकर्षण फर्कन थालेको दाबी गरे । प्रचण्डले पार्टी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताए । 

अध्यक्ष प्रचण्डले अब माओवादी केन्द्रले नेतृत्व गरेका सबै पालिका नमुना बन्नुपर्ने र टाढैबाट फरक छन् भनेर चिनिने बनाउनुपर्ने बताए । उनले समाजवादको सैद्धान्तिक बहसलाई व्यावहारिक रूपमा स्थानीय तहबाट निर्माण गर्दै लैजाने पार्टीले निर्णय गरेको जानकारी दिए । 

प्रचण्डले स्थानीय विशेषताअनुसारको समाजवादको अभ्यासका लागि अब जनताले फरक महसुस गर्ने कार्यक्रम अघि बढाउनुपर्ने बताए । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro