site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निसान म्यागनाइटको फेसलिफ्ट संस्करण नेपालमा सार्वजनिक, सुरुआती मूल्य ३४ लाख ७५ हजार

काठमाडौं । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ । 

यो नयाँ म्याग्नाइटको प्रारम्भिक मूल्य ३४ लाख ७५ हजार रुपैयाँदेखि सुरू हुने बताइएको छ । नयाँ म्याग्नाइट अझ ‘बोल्डर’ डिजाइन, उत्कृष्ट सुरक्षा विशेषताहरू, र अत्याधुनिक प्रविधिसहित आएको छ, जसले उत्कृष्ट मूल्यलाई कायम राख्दै अतुलनीय ड्राइभिङ अनुभव सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

म्याग्नाइट लाइनअप चारवटा ‘रिफ्रेस्ड’ भेरियन्टहरूमा उपलब्ध छ, जसमा ‘भिजिया’, ‘एक्सेन्टा’, ‘एन(कनेक्टा’, र ‘टेक्ना–प्लस’ समावेश छन् । उपलब्ध हरेक विशेषतासहितको शीर्ष भेरियन्टको मूल्य ५२ लाख ९९ हजार रुपैयाँसम्म पर्न जाने बताइएको छ ।

निसान म्याग्नाइटको नयाँ फेसलिफ्टको आधिकारिक सार्वजनिकिकरण कार्यक्रम शुक्रबार, ९ फागुनमा थापाथलीस्थित निसानको सोरुममा सम्पन्न भएको हो । नयाँ निसान म्याग्नाइट फेसलिफ्टले ४० भन्दा बढी स्ट्यान्डर्ड सुरक्षा विशेषताहरू र कुल ५५ सुरक्षा सुधारहरूसहित सुरक्षाको नयाँ मापदण्ड स्थापित गरेको छ । 

यसको ‘हाइ–टेन्साइल स्टिल केज बडी’ र ‘इम्प्याक्ट(अबजोर्विङ कम्पोनेन्ट’हरूले उत्कृष्ट सुरक्षा प्रदान गर्दछ । यसमा ६ वटा एयरब्याग (२ अगाडि, २ छेउमा, र २ कर्टेन एयरब्याग) उपलब्ध छन्, जुन सबै भेरियन्टहरूमा स्ट्यान्डर्ड रूपमा समावेश गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  २०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro