site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालकुमारीमा टीभीएसको नयाँ सोरुम

काठमाडौं । ग्लोबल मोटर्सले ललितपुरको बालकुमारीमा आफ्नो नयाँ टीभीएस सोरुम उद्घाटन गरेको छ । बिहीबार जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता र ग्लोबल मोटर्सका प्रबन्ध निर्देशक सौरभ हमालले सोरुमको उद्घाटन गरे ।

ग्लोबल मोटर्सको नयाँ सोरुमले स्थानीय समुदायको मोटरबाइक र स्कुटर आवश्यकता पूरा गर्ने जनाएको छ । सोरुममा टीभीएस सवारी साधनहरूको प्रदर्शनसँगै, स्पेयर पार्ट्स र सवारीसाधन मर्मतसम्भारसहितका सेवा उपलब्ध हुने बताइएको छ ।

बालकुमारीमा टीभीएस उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता ग्लोबल मोटर्सका प्रबन्ध निर्देशक सौरभ हमालले जनाए ।

“टीभीएसले सधैँ उद्योगमा नयाँ मानक स्थापित गर्दै आएको छ । यो नयाँ डिलरसिपले हाम्रो उपस्थिति बलियो बनाउनुका साथै ग्राहकहरूसम्म विश्वस्तरीय दुईपांग्रे सवारी सजिलै पुर्‍याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ,’’ जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ताले भने । 

जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुईपांग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । कम्पनीको देशभर १५० भन्दा बढी डिलर नेटवर्क सञ्चालनमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro