site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस ‘आइडिया’ हो, सधैँ रहन्छ : गगन थापा

विराटनगर ।‌ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको शीरमा विचार रहेको बताएका छन् । इतिहासले नै पार्टीको विचार निर्माण भएको र त्यसको सार्थकता अहिले पनि उत्तिकै रहेको चर्चा गरे ।

तथ्यहरू निर्माण गरेर नहुने बताउँदै कांग्रेसले इतिहासदेखि हालसम्म गरेको कामको तथ्यहरू त्यसरी नै निर्माण भएको सुनाए ।‌

आन्तरिक रूपमा आफैँभित्र फर्कन र आफैँलाई खोज्न अभियान थालिएको बताए । "कांग्रेस अलोकप्रिय बन्यो भन्छौँ, यसो भनिरहँदा नेतृत्व, संगठन र विचारको त्रिभुज बन्छ । सबैभन्दा माथिल्लो भागमा विचार हुन्छन्," उनले भने ।

शुक्रबार नेपाली कांग्रेस सूचना तथा प्रचार विभागको आयोजनामा राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान उद्घाटन गर्दै महामन्त्री थापाले कांग्रेसले स्वतन्त्र नागरिकले जीवनयापन गर्ने क्रममा समान अवसर दिलाउने विचार नै केन्द्र कुरा भएको बताए ।

उनले भने, "हामीले पोजिसन लिने कुरामा हाम्रो जरा के हो भन्ने बुझ्न जरूरी छ । हामी को हौँ ? कहाँबाट आएको हो भन्ने छलफल हुनैपर्छ । कांग्रेस आइडिया हो ।‌ यो सधैँ रहन्छ ।" थापाले इतिहाससँगै नयाँ भएका कुराको चर्चा र अध्ययन  गरेर बहस समेत हुनुपर्नेमा जोड दिए ।

स्वाधीनताको सम्बन्धमा कुनै सम्झौता नहुने भन्दै थापाले कांग्रेसले देशको महत्त्वपूर्ण निर्णयहरूमा नेतृत्व गरिरहेको बताए । राष्ट्रिय पार्टी भोटले मात्र नहुने भन्दै जिम्मेवारीले हुने बताएका उनले सम्हाल्ने र मिलाउने काम गरिनुपर्नेमा जोड दिए । "कांग्रेसको मध्यमार्गी धार‌ कमजोरी होइन । कांग्रेस देशकै जेठो र एकठाउँमा राख्ने पार्टी हो," उनले भने, "आइडियाको बारेमा छलफल नगर्दा नैराश्य बढेको हो । तथ्यहरू र तथ्यांकबारे पनि अध्ययन गरिनुपर्छ ।"  

थापाले २०८१ देखि ०८४ सम्म सरकारमा छँदा गरेका कामको रिपोर्ट कार्ड लिएर जानुपर्ने भएकोले गनगन गर्नुभन्दा पनि कम गर्ने बेला रहेको पनि बताए । "सरकार तीन वर्ष चल्छ । जेठो पार्टी हो । हाम्रै जिम्मेवारी हो । सम्हाल्नु पर्छ । नीतलाई चलाएर धन चलाउनुपर्ने अवस्थमा कांग्रेस छ । गलत काम गर्नेको जिम्मेवारी पार्टीले लिँदैन," उनले भने ।

सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पार्टीलाई निश्चित दिशा दिन अभियानले सकारात्मक प्रभाव पर्ने बताउँदै अभियानहरू महाधिवेशन केन्द्रित आफ्ना विचारहरू सम्प्रेषण गर्ने ठाउँ बनाउन नहुने बताए ।‌ उनले भने, "नेपाली राजनीतिमा बाह्य चुनौतीहरू उत्तिकै रहेका छन । अन्तर्राष्ट्रिय क्षेत्रका तरंगहरूलाई पनि कांग्रेस नेताले गम्भीर रूपमा हेर्नुपर्छ ।" उनले मधेस विस्तारै पात्रहरूबाट परिचालन हुने खतरा भएको र पहिचानको नाममा सुरु भएको आन्दोलनले पनि के कस्तो संकेत दिएको हो ? विमर्श हुनुपर्ने बताए ‌।

केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले गरेका राम्रा कामको प्रचार र चुनौतीबारे छलफल गर्न सबै प्रदेशमा अभियान थालिएको बताए । उनले भने, "कांग्रेसले गरेका काम र परिणामको तथ्य सबैमा पुर्‍याउन जरुरी भएको छ । यसको प्रचार गर्न कांग्रेसले प्रदेशमा कार्यक्रम लिएर आएको हो ।" 

वर्गीय उत्पादनबाट अहिले दुनिया एआईको समयसम्म आइसकेको भन्दै नयाँ परिवेशमा कांग्रेसले बौद्धिक छलफल गर्नुपर्नेमा जोड दिए ।‌ पार्टीको आन्तरिक चुनाव बिनागुटको बनाउनुपर्ने बताए । उनले भने,"समूहबिना केन्द्रीय सभापति जित्ने उमेद्वार कोही बन्छ भने समूहको चिर्कटो नबाँडी चुनाव लड्ने वातावरण बनाइनु पर्दछ ।" उनले कांग्रेसमा समयानुसार परिवर्तन हुनुपर्नेमा जोड दिए ।

केन्द्रीय सदस्य अमृत अर्यालले कांग्रेससँग युवाको लिगेसी कायमै रहेको बताए । भीम पराजुलीले पार्टीको आन्तरिक चुनाव र भातृ संस्थाको आवधिक चुनाव समयमै गर्नुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य राजीव ढुंगाना युवा पलायन रोक्न र‌ स्वदेशमै रोजगारी दिलाउने वातावरण बनाउन कांग्रेसले पहल लिनुपर्ने बताए ।‌ उनले भने  "स्थापित पार्टीको बारेमा सामाजिक सञ्जालको प्रयोग गरी दुष्प्रचार हुने गरेको छ ।"

तारामान गुरुङले कांग्रेसले गरेका कामको वडास्तरसम्म नै प्रचार हुनुपर्ने बताए । साइबर सेना प्रयोग गरेर कांग्रेसमाथि आक्रमण भइरहेको भन्दै नेताहरूले समयानुकूल अघि बढ्नुपर्ने सुझाव दिए । पुराना पार्टी असक्षम भए भन्ने भाष्य निर्माण गर्न खोजिएको वक्ताहरूले चर्चा गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro