site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रिंकु सदा मृत्यु प्रकरण : छानबिन समितिको अनुसन्धान प्रगति विवरण सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सिरहाका रिंकु सदा मृत्यु प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिको प्रगति विवरण सार्वजनिक गरेको छ । गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले पत्रकार सम्मेलनमार्फत उक्त विवरण सार्वजनिक गरेका हुन् ।

मन्त्री लेखीले सार्वजनिक गरेको विवरणानुसार, सिरहाको नवराजपुर गाउँपालिका–१, भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा पूरक जाहेरी परेको छ ।

स्थानीय युवक रुपेश मण्डलविरुद्ध यसअघि आत्महत्या दुरुत्साहनको जाहेरी दिइएको थियो । हाल परिवारले थप व्यक्तिहरूलाई प्रतिवादी बनाउँदै बलात्कारको कसुरमा अनुसन्धान गर्नुपर्ने मागसहित पूरक जाहेरी दर्ता गराएको छ । अनुसन्धान प्रक्रिया जारी छ ।

रिंकुकुमारी गएको माघ ३० गते बेलुका ७ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro