site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलमा तीन बसमा विस्फोट, देशका सबै बस र रेल सेवाको आवागमनमा रोक

काठमाडौं । इजरायलको प्रमुख सहरमध्ये एक तेलअभिभको दक्षिणमा अवस्थित बाट याम सरमा तीनवटा बसमा विस्फोट भएको छ । यी विस्फोटहरूमा अहिलेसम्म कुनै हताहतको विवरण आएको छैन ।

इजरायली प्रहरीले यसलाई शंकास्पद आतंकवादी हमला भनेको छ । इजरायली प्रहरीले दुई अन्य बसमा बम विस्फोट गराउने उद्देश्यले राखिएका विस्फोटक पदार्थ निष्क्रिय पारेको छ ।

इजरायलका यातायातमन्त्री मिरी रागेभले देशका सबै बस र रेलहरूको आवागमनमा रोक लगाएकी छन् । विस्फोट गराउन कुनै विस्फोटक पदार्थ जडान गरिएको हुनसक्नै भन्दै अनुसन्धान गर्न यस्तो निर्णय गरिएको हो । 

इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायल रक्षा बललाई वेस्ट बैंकका शरणार्थी शिविरहरूमा ‘गतिविधि बढाउन’ आदेश दिएका छन् ।

इजरायल रक्षा बलले विज्ञप्ति जारी गर्दै आईडीएफले इजरायल प्रहरी र शिन ब्याट सुरक्षा एजेन्सीसँग मिलेर बाट याममा भएको घटनाको अनुसन्धान गरिरहेको बताएको छ । बीबीसी

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ०८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro