site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उर्जामन्त्री खड्का भन्छन्– आरोप प्रमाणित गरे सांसद पदबाटै राजीनामा दिन्छु 

काठमाडौं । उर्जामन्त्री दीपक खड्काले जगदुल्ला जलविद्युत आयोजनाबारे आफूलाई लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनबाटै आरोप लगाएको भन्दै आपत्ति जनाए ।

“चेक आदानप्रदान गरेर लाग्ने गरिन्छ होला र ? करिब आठ वर्ष माओवादीको नेतृत्वमा यो मन्त्रालय सञ्चालन भइरहेको छ । उहाँहरूले के–के गर्नुभयो,” उनले भने । 

मन्त्री खड्काले आरोप प्रमाणित गरे प्रचण्डको झोला बोक्न तयार भएको बताए । “हामीले सम्मान गरेका नेताको अभिव्यक्ति सत्यहीन हुन्छ ? तथ्यहीन कुरा रोष्टममा बोलेर एउटा मन्त्रीलाई आरोप लगाउँदा त्यसको समाजमा के असर पर्छ ख्याल गर्नु पर्दैन ?,” उनले भने, “यो प्रमाणित गर्दिनुभयो भने म दास बनेर उहाँको पछाडि खुरुखुरु झोला बोकेर हिँड्छु ।”

उनले सांसदहरूले पनि राजीनामाको माग गरेकोमा आपत्ति जनाउँदै प्रमाणित गर्न चुनौती दिए । उनले मन्त्रीबाट मात्रै नभएर आफूले सांसद पद नै त्याग्ने बताए ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro