site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सडक निर्माणका क्रममा मजदुरको मृत्यु
प्रतीकात्मक तस्बिर ।

किमाथांका (सङ्खुवासभा) । संखुवासभाको धर्मदेवी नगरपालिका–२, तामाफोकमा सडक निर्माणका क्रममा एक मजदुरको मृत्यु भएको छ ।  प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत सडक मर्मतको    क्रममा माथिबाट खसेको ढुंगाले लागेर मजदुरको मृत्यु भएको हो ।

ढुंगाले लागेर आइतबार ३५ वर्षीय खड्गबहादुर लिङ्खाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । भित्री सडकखण्डमा ढुंगा फुटाउने क्रममा माथिबाट खसेको ढुंगाले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

लिङ्खाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्यचौकी चैनपुर लगिदै छ । इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक देउप्रसाद लिम्बूको टोली घटनास्थलमा गएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  २२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro