site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खोटाङको हलेसीमा आगलागी, नियन्त्रणको प्रयास जारी

काठमाडौं । खोटाङको हलेसी बजारमा आगलागी भएको छ । स्थानीय पदम राईको घर र पसलबाट आगलागी सुरु भएको थियो । आइतबार साँझ लागेको आगोले दुईवटा घर पूर्णरूपमा जलेको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए ।

"आज साँझतिर खोटाङको हलेसी बजारमा हार्डवेयर पसलबाट आगलागी सुरु भएको हाे । करिब ५० प्रतिशत आगो नियन्त्रण भइसकेको छ," प्रहरी निरीक्षक राईले भने ।  नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय लगायतले आगो नियन्त्रणमा खटिएका छन् ।

घरभित्रबाट निकाल्न नसकेको एक/दुईवटा ग्यास विस्फोट भएको आवाज आएको प्रहरी निरीक्षक राईले बाह्रखरीलाई जानकारी दिए । "करिब २०० ग्यास बाहिर निकालेर सुरक्षित स्थानमा लगेका छौँ, बाँकी रहेका एक/दुईवटा ग्यास विस्फोट भएको जस्तो आवाज आएको छ," उनले भने ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  २१:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro