site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कवाड व्यवसायीले गुहारे मानवअधिकार आयोग

काठमाडौं । कवाड व्यवसायी समाज नेपालले काठमाडौं महानगरपालिकाविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

महानगर प्रहरीले कवाड व्यवसायमाथि डोजर आतंक मच्चाएको, कुटपिट, अभद्र व्यवहार गरेको भन्दै आयोगका अध्यक्ष तपबहादुर मगरलाई ज्ञापनपत्र बुझाएका हुन् ।
 
महानगर प्रहरीले दादागिरी शैलीमा कवाड व्यवसायीमाथि जाइलाग्दा अंगभंग हुनुपरेको र अझै उपचाररत रहेको बताइएको छ ।  

लामो समयदेखि कवाड व्यवसायमाथि डोजर चल्दा गरिखाने आधार नै गुमेको ज्ञापनपत्रमा उल्लेख छ ।

महानगरको अराजक गतिविधि रोक लगाई कवाड व्यवसायीलाई आफ्नो पेसा व्यवसाय गर्न पाउने हक सुनिश्चित गरिदिन अध्यक्षसमक्ष अनुरोध गरेको आयोगको अनुसन्धान शाखाले जनाएको छ ।  

प्रचलित कानुनबमोजिम सम्बन्धित निकायको अनुमतिमा काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा कवाड व्यवसाय सञ्चालन गर्दै आइरहेका थिए ।

महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले स्थानीय जनगुनासोका आधारमा आवासक्षेत्रका टहरा एक वर्षदेखि हटाउँदै आएको बताए ।

विभिन्न कारणले आवास क्षेत्र जोखिम भएको हुँदा ०८१ को नगरसभाको निर्णयअनुसार एक्सनमा उत्रिएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro