site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तोसिमाको सांसद पद रहने/नरहने फैसला मिति फेरि सर्‍यो
फाइल तस्बिर ।

काठमाडौं । ललितपुर–३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीको पद रहने/नरहने फैसलाको मिति फेरि सरेको छ । गएको पुस २५ मा निसु भएको मुद्दा आइतबार (आज)का लागि सरेको थियो ।

उक्त मुद्दाको निसु यही फागुन २७ गतेका लागि सरेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उमेदवार भएकी डा. तोसिमाको उमेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि विवाद सर्वोच्च अदालत पुगेको थियो ।

सर्वोच्चले अन्तरिम आदेश दिएपछि चुनाव लड्न पाएकी तोसिमालाई उक्त उमेदवारी खारेजी चर्चाको माध्यम बनेको थियो । डा. तोसिमाको उमेदवारी कायम भएपछि उनी ललितपुर–३ बाट निर्वाचित भएकी थिइन् ।

गत पुस २५ देखि डा. तोसिमाको मुद्दा न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा पर्दै आएको छ ।

 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro