site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्रमन्त्री राणा र यूएईका विदेश राज्यमन्त्रीबीच भेटवार्ता, पोखरा–दुबई सिधा उडान गर्नेबारे छलफल 

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र युनाईटेड अरब इमिरेट्स (यूएई)का विदेश राज्यमन्त्री अहमदबीच भेटवार्ता भएको छ ।

भेटवार्ता आइतबार ओमानको राजधानी मस्कटमा भएको हो । 

“हामीले श्रम, व्यापार र पर्यटन क्षेत्रमा आदानप्रदान बढाउने कुरामा केन्द्रित हुँदै नेपाल–युएई सम्बन्ध बढाउँदै जाने बारेमा विचार आदानप्रदान गर्यौं,” मन्त्री राणाले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “साथै दुई पर्यटकीय शहरहरू – पोखरा र दुबई बीच प्रत्यक्ष हवाई सम्पर्कको लागि अनुरोध पनि गर्यौं ।”

परराष्ट्रमन्त्री राणा ‘आठौं हिन्द महासागर सम्मेलन’ सहभागी हुन गत शुक्रबार ओमान गएकी हुन् । सम्मेलनको साइडलाइनमा युएईका विदेश राज्यमन्त्री अहमद बिन अली अल सयेघसँग उनले भेटवार्ता गरेकी हुन् ।

युएईका विदेश राज्यमन्त्री अहमद बिन अली अल सयेघसँगको भेटवार्ता फलदायी भएको दाबी परराष्ट्रमन्त्री राणाले गरेकी छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro