site stats
बाह्रखरी :: Baahrakhari
देश
बेलुन विस्फोटबारे छानबिन गर्न समिति गठन 

काठमाडौं । पोखरामा बेलुन पड्किएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख (सीडीओ) भरतमणी पाण्डेको नेतृत्वमा समिति बनेको हो । 

समितिमा उनीबाहेक तीनवटै सुरक्षा निकायका जिल्ला प्रमुख र एक जना विष्फोटक पदार्थ विज्ञ समेत सामेल छन् । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिएर गठन गरीएको गृह मन्त्रीका प्रेस संयोजक शेरबहादुर सिंहले जानकारी दिए ।

Argakhachi Cement Island Ad

समितिमा नेपाल प्रहरीका कास्की प्रखुख एसपी श्याम ओलीया, नेपाली सेनाका कृष्णदल गण फुलबारीका प्रमुख सेनानी राजेन्द्र पुडासैनी, सशस्त्र प्रहरी बल २४ नम्बर गणका प्रमुख सूर्यप्रसाल तिमिल्सिना, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सुरेश कुमार तिवारी सदस्य छन् ।

त्यस्तै पोखरा महानगरालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई समेतसमेत समितिमा छन् ।  समितिको सदस्य सचिवमा कास्कीका सहायक जिल्ला प्रमुख गंगा बहादुर क्षेत्री छन् । समितिलाई मूख्यतः बेलुन विस्फोटको कारण र यस्तो प्रकारणको घटना रोक्न अपनाउनु पर्ने उपयबारे जानकारी गराउन भनिएको छ । 

गृह मन्त्रिस्तरीय निर्णय गर्दै गृहमन्त्री रमेश लेखकले आइतबार देखि नै काम थाल्न निर्देशन दिएका हुन् । बेलुन विस्फोटमा परी पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य शनिबार घाइते भएका थिए ।

जलनपछि पौडेल र आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्